तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि विधेयकले संचार क्षेत्रको प्रर्वद्धनमा थप फाइदा पुग्ने : मन्त्री बाँस्कोटा

धनगढी । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकले संचार क्षेत्रको प्रर्वद्धनका लागि थप फाइदा पु¥याउने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवनको आज धनगढीमा उद्घाटन गर्नुहुदै मन्त्री बास्कोटाले यस बर्ष मिडियाको निम्ति गोल्डेन बर्ष बनाउने तर्फ सरकार लागि परेको बताउनु भयो ।

मन्त्री बास्कोटाले स्वतन्त्र पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै मिडिया सत्य, निश्पक्ष हुनु पर्ने बताउनु भयो ।उहाँले मिडिया सम्बन्धी सम्पूृर्ण सेवा सुविधा प्रादेशिक तहबाटै बितरण हुने गरि एकिकृत कार्ययोजना बनाउने सोचमा सरकार रहेको बताउनु भयो ।

मन्त्री बाँस्कोटाले मिडिया क्षेत्रको बिकास र प्रवद्र्धनका लागि भनेर सरकारले यस बर्ष सात वटै प्रदेशमा ५० लाख बजेट पठाएको बताउनु भयो ।
उहाँले सुख र समृद्धिको आधारका लागि न्यायपूर्ण लोकतन्त्रको अभ्यासमा सरकार अघि बढेको बताउनु भयो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले संचारक्षेत्रको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायतले धारणा राख्नु भएको थियो ।

प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र जिल्ला समन्वय समितिको सहयोगमा यसैबर्ष महासंघको निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button