तपाईँ सुन्दै हुनुहुन्छः

फिरौती रकम लिने दुई व्यक्ति पक्राउ

घोराही । दाङ प्रहरीले फिरौती लिने क्रममा एक जना र घटनामा संलग्न रहेको भन्दै थप एक जनालाई पक्राउ गरिएको छ । दाङ प्रहरीले घोराहीमा फिरौती रकम लिने क्रममा रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोटका राजकुमार दमाईलाई पक्राउ गरेको हो ।

घोराही १५ बिपीचोक नजिकै बस्दै आएका एक जनालाई धम्क्याएर १३ लाख मागेको र पिडितले माग गरे अनुसार पहिलो पटकमा तीन लाख दिने भन्दै दाङमा बोलाएपछि दमाई पक्राउ परेका हुन् । प्रहरीले दमाईसँग रहेको कटुवा पेस्तोल एक थान, एउटा गोली र मोटरसाइकल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दमाईमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दमाईलाई रोल्पाको रून्टिगढी गाउँपालिका ४ मसिना निबासी नरेश चन्द ठकुरीले फिरौती रकम लिन पठाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दमाईको बयान अनुसार ठकुरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button