तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बनियानीमा यात्रुवाहक बसमा आगजनी

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी बनियानीबाट उदयपुरको गाईघाटसम्म चल्ने यात्रुवाहक बसमा बुधबार राति आगजनी भएको छ ।

गाईघाटबाट फर्किएर बनियानी बजारमा पार्किङ गरी राखिएको ना ४ ख १७७० नं को मातृ भाग्यरेखा बसमा आगजनी भएको हो । बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा आगजनी भएको र पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । बसमा कसले किन आगजनी गर्यो भन्ने खुलिसकेको छैन । आगजनी गर्नेहरुको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘गाइघाटे’ नामले परिचित सो बस लामो समयदेखि बिनीयानी–गाईघाटको रुटमा सञ्चालन हुँदै आएको थियो । बसमा आगजनी भएपछि झापाको दक्षिणी क्षेत्रबाट गाइघाटसम्म पुग्ने यात्रु समस्यामा परेको स्थानीय रविचन्द्र ओझाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button