तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु

बाजुरा । बाजुराको हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिरबाट कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाईते भएका छन् भने एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धब सिं भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो ।

मृतक चार जना मध्ये गाडी चालक तथा साहु जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएपनि अन्यको पहिचान खुल्न सकेको छैन् ।

जिप हिमाली गाँउपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको बुझिएको छ । घाइतेलाई उद्धार गरी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । जिपमा ९ जना यात्रु सवार थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button