तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नः ४ कालीकास्थानको पलाँतामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

भे १ त ८२९४ नम्बरको ट्रयाक्टर भिरबाट करीव २५० मिटर तल खस्दा चालक दैलेख आठबिस नगरपालिका वडा नः ३ का २८ बर्षिया दिनेश बि.क.को ज्यान गएको ईलाका प्रहरी कार्यालय बिनायकका प्रमुख प्रमानन्द जोशीले जानकारी दिनुभयो ।

बिनायकबाट बेलखेत जाँदै गरेको ट्रयाक्टर दुर्घटनाबारे आज बिहान जानकारी आएको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

ट्रयाक्टर हिजो राति नै दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button