तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण , पहाडी जिल्लाको राजमार्ग अवरुद्ध

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । डडेल्धुरा जिल्ला सदरमुकामसँगै पहाडी जिल्लाहरुमा भारी हिमपात भएको हो । हिमपातका कारण ७ पहाडी जिल्लाको राजमार्ग अवरुद्ध छ । बुधबारदेखि मौसममा आएको परिवर्तन सँगै बिहीबार रातीबाट हिमपात सुरू भएको हो ।

डडेल्धुरा सदरमुकामसहित घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । हिउँ जमेपछि दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।

भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने हगुल्टे लेक र दशरथचन्द राजमार्ग अन्र्तगतको डडेल्धुराकै अजयमेरु गाँउपालिकामा पर्ने अनारखोलीमा ४ फिट हिउँ जमेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अहिले पनि हिमपात जारी रहेकाले सडक सफाइका लागि पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । हिमपातसँगै बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button