तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समुहका जनमुक्ति सेना पक्राउ

भोजपुर । भोजपुर प्रहरीले हतियार सहित विप्लव समुहका जनमुक्ति सेनालाई पक्राउ गरेको छ ।

प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट ४ राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राती पक्राउ गरेको हो ।

उनको साथबाट गोली सहित २ थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिनु भयो ।

पक्राउ परेका थापामाथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापास्ँग पेस्तोल फेलापरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button