तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा चट्याङ्ग लागेर एकै घरका ५ जना घाइते

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा चट्याङ्ग लागेर एकै घरका ५ जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित गुरुदिन खटिकको घरमा आज विहान पौने ७ बजेतिर चट्याङ्ग पर्दा गुरुदिनसंगै रामसुप खटिक, राधिकराम खटिक, सुगी खटिक र खुसीराम खटिक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button