तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाउनुभएको छ ।

इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उहाँले भन्नुभएको छ– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो । उहाँले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताउनु भएको समाचारमा जनाइएको छ ।

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको समाचार यसअछि नै आएको थियो ।

कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताउनुभएको छ ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button