तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा बाक्लो हिमपात

तस्विरः कालिञ्चोकमा शुक्रवार भएको हिमपात

 

दोलखा । धार्मिक एवं प्राकृतिक पर्यटकीय थलो कालिञ्चोकमा शुक्रवार (आज) दिउँसोबाट हिमपात सुरु भएको छ । यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट दोस्रो पटक हिमपात सुरु भएको हो ।

बाक्लो हिमपात सुरु भएपछि चरिकोट र आसपासबाट कालिञ्चोक आउने पर्यटकको संख्या धेरै बृद्धि भएको कालिञ्चोक कुरीमा रहेको सुनगाभा होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।

तस्विरः कालिञ्चोकमा शुक्रवार भएको हिमपात

हिमपातको खबरपछि काठमाडौँलगायतका ठाँउबाट समेत पर्यटकहरुले होटल बुक गर्न थालेको ओलीले बताउनुभयो । कालिञ्चोकमा रहेका पर्यटकहरु पनि चिसोको प्रवाह नगरी हिउँमा रमाई रहेको स्थानीयले बताए ।

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिञ्चोक ३८४२ मीटरको उँचाईमा रहेको छ । हिमपातको मौसममा कालिञ्चोकमा देशको बिभिन्न भागबाट सयौँ पर्यटक पुग्ने गरेका छन् ।

तस्विरः कालिञ्चोकमा शुक्रवार भएको हिमपात

दोलखाको कालिञ्चोकसँगै खरढिुङ्गा, शैलुङ र चेर्दुङमा समेत हिमपात भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताउनुभयो । खरीढुङ्गामा शुक्रवार (आज) हिउँसोबाट बाक्लो हिमपात सुरु भएपनि बाटो भने अवरुद्ध नभएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटमा पनि हल्का बर्षासँगै अत्यधिक चिसो बढेको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button