२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक विधेयक प्रमाणीकरण

रेडियो नेपाल २०७६ पुष १८ गते १७:३७

हेटौडा । प्रदेश नं ३ का प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नुभएकोे छ ।

प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभएको हो ।

तत्कालीन प्रदेशसभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताउनुभयो ।
–रासस

सम्बन्धित

इतिहास बन्यो सतबाँझको स्याउ

७ मिनेट अगाडि विनोदसिंह विष्ट