तपाईँ सुन्दै हुनुहुन्छः

बिकास र समृद्धिका लागि ध्यान दिन आग्रह : मुख्यमन्त्री पोखरेल

घोराही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली सञ्चार माध्यमले बिकास र समृद्धिका लागि कलम चलाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीबाट प्रकाशन हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३ औँ बार्षिकोत्सबका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

राजनीतिक बिषयलाई सञ्चार माध्यमले धेरै स्थान दिएको उल्लेख गर्दै अब समृद्ध नेपाल सुखी नेपालीका लागि मिडियाले बिकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । अनावश्यक रुपमा सरकारको आलोचना गरेर कमजोर बनाउने काम धेरै भएको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताउनुभएको थियो ।

अन्य मुलुकमा सरकारको पक्षमा सकारात्मक आलोचना हुने गरेको चर्चा गर्दै राष्ट्रको आलोचना गरेर देशले समृद्धिको बाटो समाउन नसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button