तपाईँ सुन्दै हुनुहुन्छः

काठेखोलाका उच्च पहाडी बस्ती ‘आलु पकेट’ घोषणा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ । ती क्षेत्रलाई गाउँपालिकाले ‘आलु पकेट’ घोषणा समेत गरेको छ ।

उत्पादनलाई बजारमा पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ ।

सो गाउँपालिकाका अध्यक्ष अमर थापाले बीउ, प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र हरेक वडाका पाँच युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना रहेको जानकारी दिनुभयो ।

काठेखोलाको धम्जामा दुई वटा आलु भण्डारन केन्द्र सञ्चालनमा आएका छन् । बागलुङको ढोरपाटन र ताराखोलामा पनि प्रशस्त आलु उत्पादन हुन्छ ।

ती स्थानमा आवश्यक भण्डारणस्थल बनाउन पहल शुरु भएको छ । ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी शुरु गरेको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामा सबैभन्दा ठूलो कृषि भण्डारण गृह बनाउन शुरुवात गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button