तपाईँ सुन्दै हुनुहुन्छः

सडक डिभिजन कार्यालय प्रमुखसहित तीन जना पक्राउ

सिराहा । सिराहाको लहानस्थित डिभिजन कार्यलयका प्रमुख बिनोद साहसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहानमा पक्राउ गरेको छ ।

सडक डिभिजन कार्यालयको निजी क्वाटरमा शुक्रबार साँझ करिव ७ः०० बजे प्रमख बिनोद साह नगद रु. तीन लाख र इन्जिनियर नबिन साहसँगै बिरेन्द्र साह १५ लाख ९६ हजार रकमसहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यलय लहानमा राखी अनुसन्धान भईरहेको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई १८ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

रुपनीदेखि राजविराज हुदैँ कुनौलीसम्मको सडक निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका लागि ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बदिर्वास लगेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button