२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन सक्षम : नेता डा कोइराला

रेडियो नेपाल २०७६ पुष १९ गते १५:५५

Image result for शेखर कोइराला

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज  आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिनुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिनुभयो । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राख्नुभयो ।

नेपाल काँग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

५२ मिनेट अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

१ घन्टा अगाडि बद्री पन्त