तपाईँ सुन्दै हुनुहुन्छः

भैँसी पालनमा रमाउँदै उपाध्यक्ष करुणा

सल्यान । त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष करुणा खड्काले व्यवसायिक भैसीपालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छिन् ।

२०६४ सालदेखि तीन वटा  भैँसी पालेर सुरुवात गरेकी उनीसँग अहिले सानाठुला गरेर १३ वटा भैसी रहेका छन । भैसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै आइरहेको उनको भनाई छ ।

भैसीलाई दाना, काम गर्ने व्यक्तिको पारिश्रमिक कटाएर मासिक १५ देखि २० हजार बचत भईरहेको खड्काले बताइन । जिल्लाबाट अधिकांश महिला पुरुष रोजगारीको लागि बिदेशिन थालेपछि बिभिन्न काम गरेर आफ्नै गाउ“घरमा पनि बिदेश बराबर आयआर्जन गर्न सकिन्छ भनेर भैसीपालन गर्न थालेको उनले बताइन ।

अहिले पा“च वटा भैँसीले दैनिक २० लिटर दुध दिदै आएको त्रिबेणी गाउ“पालिकाको उपाध्यक्ष रहेकी करुणा खडकाले बताईन । ७० रुपैया प्रति लिटर बिक्री गर्दा दैनिक एक हजार चार सय आम्दानी हुने गरेको उनको भनाई छ । उनका अनुसार भैसिपालनबाट भएको आम्दानीले घर खर्च बाहेक अन्य खर्च गर्न समेत सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button