तपाईँ सुन्दै हुनुहुन्छः

अछाम तीन दिनदेखि विद्युत र ईन्टरनेट बिहिन

अछाम । अछाम भैरवस्थानका तुलाराम बिहिबार शुक्रबार राष्ट्रिय बाणिज्य बैंकमा रकम जम्मा गर्न जानुभयो । तर अघिल्लो दिनदेखि विद्युत र ईन्टरनेट सेवा नभएको भन्दै बैंकमा काम हुन सकेन । त्यसपछि उहाँले उक्त कार्य नेपालगञ्जबाट गराउनुपर्यो ।

उहाँ जस्तै बाणिज्य बंैकका सबै सेवाग्राही दिनभर सेवाबाट बञ्चित भए । अछाम जिल्लामा तीन दिनदेखि विद्युत तथा ईन्टरनेट सेवा अवरुद्ध भएको छ ।

बर्षासँगै हिमपात भएका कारण सिलगढी मंगलसैन १३३ केभी प्रशारण लाईन अवरुद्ध भएको र शनिबारसम्म समेत मर्मत पूरा नभएका कारण सेवा सञ्चलन हुन नसकेको विद्युत वितरण केन्द्र अछामले जनाएको छ ।

विद्युत सेवासँगै इन्टरनेट तथा मोबाईल सेवा समेत अवरुद्ध भएको छ । सेवा सञ्चालन नहुँदा हजारौँ सेवाग्राही समस्यामा परेका छन् । बर्षासँगै जिल्लाका अधिकांस ठाउँमा हिमपात परेको छ । हिमपातका कारण अत्याधिक चिसो बढेको छ र जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण सडकमा बाक्लो हिमपात हुँदा धनगढी तथा सुर्खेतबाट अछाम आउने यातायात समेत प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button