तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउने दुई जना श्रष्टालाई सम्मान

जनकपुरधाम । मैथिली भाषा तथा साहित्यको क्षेत्रमा बिशेष योगदान दिनु हुने दुई जना श्रष्टालाई मैथिली विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रमका बीचमा पुरस्कृत गरेको छ ।

कोषले स्थापना गरेको सलहेश सांस्कृतिक पुरस्कार २०७५बाट रुपन्देही जिल्ला निवासी तथा मैथिली साहित्य समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरीलाई र डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कारबाट जनकपुरधामका प्राध्यापक डा.सुरेन्द्र लाभलाई प्रदान गरिएको छ ।

दुवै पुरस्कारमा ५१–५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला रहेको छ । प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले उक्त पुरस्कारको धनराशी, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानित चौधरी र डा.लाभलाई प्रदान गरेर सम्मान गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख लितक परियारले प्रदेश नंं २ मा बोलिने भाषा मध्ये सबैभन्दा बढी बोलिने मैथिली भाषालाई प्रदेश सभाले कामकाजी भाषाको रुपमा प्रदेश सभाबाट पारित गराएर ल्याएको खण्डमा आफूले प्रमाणिकरण गर्नमा एक मिनट पनि ढिलाई नगर्ने बताउनुभयो ।

उहाँले भाषाको बिकास एकले अर्कोलाई गाली गरेर र दोष लगाएर हुदैन् भन्दै मैथिलीको संस्थागत बिकासका लागि प्रदेशसभा तथा प्रदेश सरकार स्वतन्त्र भएको बताउनुभयो ।

प्रदेश प्रमुख परियारले संविधान गतिशिल दस्तावेज भएको बताउदै तीन वटा विषय बाहेक संविधानको हरेक प्रावधानमा संशोधन गर्ने प्रावधान भएको बताउदै कुनै भाषाको विकासमा संविधान बाधक छ भने त्यसो संशोधन हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ का प्रमुख प्रतिपक्षी तथा सत्ता पक्षका प्रदेशसभाका सदस्यहरुले मैथिली भाषा प्रदेशको कामकाजी भाषा हुनेमा कुनै दुईमत नभएको बताउनुभयो ।

उहाँहरुले प्रदेशको नामाकरण, राजधानी तथा भाषाको निर्णय प्रदेशसभाले चाडै गर्ने बताउदै यी निर्णयहरु प्रदेशका जनताको भावना अनुसार नै हुने बताउनुभयो ।

मैथिली बिकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका उपनेता रामअशिष यादव, नेकपाका रामचन्द्र मण्डल, शत्रुधन महतो, प्रमिला देवी दास, सम्मानित व्यक्तिहरु सुखिलाल चौधरी, प्राध्यापक डा. सुरेन्द्र लाभ, साहित्यकार रामभरोस कापडी भ्रमरले मगही भाषाको कुरा गर्नेहरुले मैथिलीलाई कमजोर गर्न खोजेको आरोप लगाउनुभयो ।

कार्यक्रममा मिथिला नाट्य कलापरिषदका पूर्व अध्यक्ष एवं प्रसिद्ध गायक सुनिल मल्लिकले मैथिली भाषाको अधिकार सम्बन्धि चेतना मूलक गीत गाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button