तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदै

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि मनोनयनपत्र दर्ता हुँदैछ ।

भोली बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि प्रस्तावक र समर्थकको नाम, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button