तपाईँ सुन्दै हुनुहुन्छः

लामिछाने सम्मिलित टिम आठ विकेटले विजयी

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै् मेलबर्न रेनेगेड्स विरुद्धको खेलमा तीन विकेट लिएका छन् ।

बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले शनिवार भएको खेलमा तीन विकेट लिएसँगै मेलबर्न स्टार्स आठ विकेटले विजयी भयो ।

अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले आज चार ओभर बलिङ गर्दै २६ रन खर्चिए ।

सन्दीपको टोली मेलबर्न स्टार्सले शनिवार टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धा्रित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स पाँच खेलमा जित जित निकाल्दै १० अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button