तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिबिरबाट चार सयभन्दा बढी लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ मा आज  एकदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा नम्बर ३ को लोहरौलीस्थित श्री किसान आधारभूत बिधालयमा संचालित महिला तथा बालबालिका लक्षित एकदिने निःशुल्क स्वास्थ्य शिबिरमा ४०० भन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

यशोधरा गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई लक्षित गरी संचालित शिबिरबाट चिसोको समयमा गाउंमैं बिशेषज्ञ सेवा पाउंदा खुशी लागेको र यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना हुनु आवश्यक रहेको लोहरौलीका कुद्दुश तेलीले बताउनुभयो ।

चिसोको समयमा बालबालिका बढी प्रभाबित हुनेभएका र त्यस समयमा गाउंमै स्वास्थ्य जांच सेवासंगै बिशेषज्ञबाट जानकारी प्राप्त गर्न पाउंदा हर्ष लागेको बहडिलवा गाउंका निरन्जन यादवले बताउनुभयो ।

यशोधरा गाउँपालिकाको समन्वय ,अष्टेलियन एड, यू एम एन तथा दलित सामाजिक बिकास केन्द्र डंगरीको सहयोगमा संचाालित शिबिरमा महिला तथा बालबालिकाकालागि बिशेषज्ञ सेवा उपलब्ध गराईएको थियो ।

शिबिरमा वडा अध्यक्षहरु वडा नम्बर १का शिवपूजन पासी, वडा नम्बर २ का अब्दुल रसिद मुसलमान र वडा नम्बर ३ का वडाध्यक्ष सरिता त्रिपाठीसहित ती वडाका महिला स्वास्थ्य स्वयंसेबिका तथा स्वास्थ्य क्षेत्रका कर्मचारीहरु तथा दलित बिकास संस्था डंगरीका पदाधिकारी तथा कर्मचारीसंगै  श्री किसान आधारभूत बिधालयका प्र अ राघबेन्द्र पाण्डे तथा  शिक्षकहरुले  समन्वय गर्नुभएको थियो ।

शिबिरबाट सर्बसाधारण लाभान्वित हुनेगरेकाले आागमी दिनमा बालबालिका लक्षित निशुल्क स्वास्थ्य शिबिरसंगै निशुल्क आंखा उपचार शिबिर पनि संचालन गर्ने योजना रहेको वडा नम्बर ३ का वडाध्यक्ष सरिता त्रिपाठीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button