तपाईँ सुन्दै हुनुहुन्छः

५२ इरानी स्थान आफ्नो निशानामा : अमेरिका

वसिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिका अथवा अमेरिकी जनतालाई असर पर्ने गरी कुनै आक्रमण गरेमा त्यस्को प्रत्युत्तरमा अमेरिकाले इरानको ५२ स्थानमा कडा आक्रमण गर्ने चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्रम्पले इरानले कुनै गलत कदम उठाए पनि झन् सशक्त प्रतिकार गर्ने बताउँनुभएको हो ।  ट्रम्पले इरानलाई अमेरिकामाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिएका समेत दिनुभएको छ ।  साथै, आक्रमण गरेमा ५२ इरानी स्थान आफ्नो निशानामा रहेको भन्दै अमेरिकामाथिको प्रहार इरानका लागि घातक हुने समेत ट्रम्पले दावी गरेका छन् ।

गत शुक्रबार अमेरिकी हवाई आक्रमणमा इरानका सैन्य कमान्डर कास्सिमको मृत्यु भए यता दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ ।

इरानको उच्च तहको राष्ट्रिय सुरक्षा र संस्कृति अमेरिकी निशानामा रहेकाले कुनै पनि गलत कदमले इरान नै ठूलै समस्यामा पर्ने ट्रम्पको भनाइ छ ।

उता, अमेरिकी हवाई हमलामा मारिएका सुलेमानीको शवयात्रा निकालेपछि अमेरिकी सेना रहेको इराकको बलादस्थित एक क्याम्पमा आक्रमण भएको छ । अमेरिकी फौज रहेको बेसमा दुईवटा रकेटबाट प्रहार गरिएको थियो ।

रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ । आक्रमणमा कुनै पनि मानवीय क्षति भने भएको छैन । नभएको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button