तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश–५ बाट नौ जनाको उम्मेदवारी दर्ता

घोराही । राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश नम्बर पाँचबाट नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार राजनीतिक दलका तर्फबाट नौ जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश नम्बर ५ को दाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट गोपाल भट्टराई रुपन्देही, बिमला घिमिरे कपिलबस्तु र जगप्रसाद शर्मा दाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । भट्टराई अन्य समुदाय, घिमिरे महिला र शर्मा अपांग कोटाबाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै नेपाली काँग्रेसबाट गिरिजादेवी न्यौपानेले दाङ, बालकृष्ण पाण्डे अर्घाखाँची र मेराज अहमद हलवाई बाँकेले उम्मेदवारी दर्ता गराउनुभएको छ । काँग्रेसका तर्फबाट न्यौपाने महिला, पाण्डे अन्य र हलवाई अल्पसंख्यक कोटाबाट उम्मेदवार बन्नुभएको छ ।

निर्वाचन अधिकृत तथा दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाका अनुसार समाजबादी पार्टीका तर्फबाट अल्पसंख्यक कोटामा बाँकेबाट सुनिल सिंघल बाँके र कृष्णप्रसाद यादब बर्दियाबाट अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाका तर्फबाट अन्य समुदायको तर्फबाट कपिलबस्तुका शिब पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्बाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्ताको सहभागीतामा उम्मेदवारहरुले नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button