तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा चट्याङ लागेर तीन जना घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शनिबार राती चट्याङ लागेर तीन जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिकाको वडा न १० कोलम्फेमा चट्याङ पर्दा ४४ बर्षीय प्रेमबहादुर थापा, २७ बर्षीय सरिता थापा र ५२ बर्षकी जितमाया थापा घाइते हुनुभएको छ ।

घाएते मध्ये जितमायाको अवस्थामा सामान्य रहेको छ भने प्रेमबहादुर उपचार पश्चात घर फर्किनुभएको छ ।

यस्तै २७ बर्षीय सरिताको भने जिपि कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।

सोही चट्याङमा परी दुई गोरुसहित भैँसी र बाख्रा गरी चार पशुचौपाया मरेका छन् ।  वडासदस्य राजेन्द्र भट्टराईका अनुसारका थापा परिवाको घरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button