तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै स्वास्थ्य शिविर, करिब एक हजार दुई सय लाभान्वित

भोजपुर  । भोजपुर सदरमुकामबाट दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिव एक हजार दुई सय जना लाभान्वित भएका छन् । आफ्नै गाउँमा सबै रोगको स्वास्थ्य उपचार सेवा पाएकोमा जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयहरुमा निकै उत्साह देखिएको छ ।

स्वास्थ्य परिक्षणका लागि आएकी सितामाया थापाले भन्नुभयो “हामी जस्तो गरीब दुःखीले आफ्नो घरायसी समस्या र पैसाका कारण राम्रो हस्पिटलसम्म गएर उपचार गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले डाक्टर ल्याई गाउँमा नै सेवासहित औषधी दियो, हामी ज्यादै खुसी भयौं ।”

रानीवास लुङगीनबाट स्वास्थ्या जाँचका लागि आएका नरबहादुर राईले धरानमा पाइने स्वास्थ्य उपचारको सुविधा गाउँघरमा नै आउँदा खुशी लागेको बताउनुभयो ।

घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको दुई दिने स्वास्थ्य शिविरमा एक हजार एक सय ७० जनाले स्वास्थ्य सेवा पाएका छन् । हतुवागढी गाउँपालिकाको आयोजना तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा शनिवारसम्म सञ्चालन भएको शिविरमा छाला, नाक, कान, आँखा, हार्डजोर्नी, महिलाको आङग खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा अप्रेशन, स्त्री रोग परिक्षण, पाठेघरको जाँच र परामर्श साथै बालरोग, जेनेरल मोडिसनको सेवा उपलब्ध गराईएको डाक्टर देवराज घिमिरेले बताउनुभयो ।

शिविरमा संलग्न फिजिसियन डाक्टर घिमिरेका अनुसार धेरै महिलाहरुमा आङग खस्ने समस्या र हाडजोडनी सम्बन्धी समस्या भएको देखिएको छ । जनचेतनाको कमीका कारण यसको संख्या बढेको डाक्टर घिमिरेको भनाई रहेको छ ।

गाउँपालिका र वडापालिकामा रहेका बिभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुलाई जनचेतनाको लागि परिचालन गर्न सकिएमा यस्ता समस्या न्यून गर्न सकिने डाक्टर घिमिरेले बातउनुभयो ।

शिविरमा भोजपुर सुनसरी सेवा समाज, रोट्रयाक्ट अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपाले समेत प्राविधिक सहयोग गरेको थियो भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बरिष्ठ सर्जन समिर चौधरी, स्त्रीरोग विशेषज्ञ डा कृष्ण महर्जन, मुकेश कुमार साह, बालरोग विशषज्ञ डा प्रतुस ज्ञवाली, नाक कान घाँटी विशेषज्ञ डा ऋषिराज साह, फिजिसियन डा देवरज घिमिरे लागयत बिभिन्न रोगका ६० जनभन्दा बढी डाक्टर तथा एमबिबिएस बिद्यार्थीहरुले सेवा दिनु भएको थियो ।

छोटो समयमा नै तयारी गरेर शिविर सञ्चालन गरिएतापनि धैरेले सेवा पाएकोआयोजक हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिकाका क्षेत्रका सबै नागरिकहरुले गाउँमा नै स्वास्थ्य सेवा पाउन भनेर शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button