तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिक सम्बन्धी ऐन–२०६३ को पहिलो संशोधन विधेयक सर्वसम्मतीले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को पहिलो संशोधन विधेयक सर्वसम्मतीले स्वीकृत गरेको छ ।

उक्त विधेयकमा ज्येष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति लिने खाने उद्देश्यले कुनै पनि दवाव, प्रलोभन वा झुक्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरुको नाममा राख्न नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै विधेयकमा राज्यले ज्येष्ठ नागरिकको सेवा सुविधा उपलब्ध गराउनका लागि आवश्यक सम्पुर्ण विवरणको अध्यावधिक एवं वर्गिकरण गर्ने काम सम्बन्धीत स्थानीय तहले गर्नेछ ।

त्यसैगरी राज्यले जयेष्ठ नागरिकको ज्ञान, सीप, अनुभव तथा पुस्ता हस्तान्तरण गराउन सक्ने व्यवस्था रहेको छ भने सो उपलब्ध गराउने बिषय ज्येष्ठ नागरिकको कर्तव्य भएको विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button