तपाईँ सुन्दै हुनुहुन्छः

मुआब्जाको माग गर्दै सिर्सियामा फेरि धर्ना

फाइल तस्बिर

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर २५ श्रीसियाका स्थानीय बासिन्दाले आज बिहानदेखि सुख्खा बन्दरगाहको गेट अगाडी मुख्य सडकमा धर्ना दिएका छन् ।

उनीहरुले सुक्खा बन्दरगाह र एकिकृत चेकजाँच चौकीको बीचमा रोक्का गरेर राखिएको जग्गाको उचित मुआब्जाको माग गर्दै धार्ना सुरु गरेका हुन् ।

पूर्व निर्धारित कार्यक्रम अन्तर्गत मुआब्जा संघर्ष समितिको आयोजनामा धर्नाको सुरु गरिएको हो । स्थानीयहरुको धर्ना बिहान ८ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म चल्ने संघर्ष समितिले जनाएको छ ।

स्थानीयहरुको धर्नाको कारण सुक्खा बन्दरगाह तथा बीरगंज भन्सार एकिकृत जाँच चौकीबाट हुने आयात निर्यात तथा सवारी आवागत पूर्ण रुपमा ठप्प भएको छ ।

आन्दोलनकारीहरुले एम्बुलेन्स, स्कुल बस, प्रेसका सवारी साधन, मोटरसाईकललगायत हल्का सवारीका साधनको सञ्चालनमा भने अवरोध नगरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button