२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौता विपरित पेट्रोलियम पाईपलाईन विछ्याउँदा सडक बिस्तारमा समस्या

ध्रुव अधिकारी २०७६ पुष २० गते १६:४२

बीरगंज । बीरगंज–पथलैया व्यापारिक मार्ग बिस्तार आयोजनाले आयल निगमले सम्झौता विपरीत पेट्रोलियम पाइप बिछ्याउँदा सडक बिस्तारमा समस्या भएको जनाएको छ ।

आयल निगम र सडक आयोजना बीच सडकको केन्द्रबिन्दुदेखि १६ मिटर पश्चिमतर्फ र साढे दुई मिटर गहिराइमा पेट्रोलियम पाइप बिछ्याउने सहमती भएकोमा निगमले सहमति विपरीत पाइप बिछ्याउँदा सडक विस्तारमा अवरोध भएको वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाका प्रमुख संजय मिश्रले बताउनुभयो । उहाँले तत्काल निगमले केही दिन पाइपलाइन बन्द गरेरै भए पनि सम्झौताअनुसार तोकिएको ठाँउमा पाइप सार्नुपर्दछ । होइन भने यसले ठूलो दुर्घटना निम्तिन सक्ने बताउनुभयो ।

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनअन्तर्गत नेपालतर्फ ३७.२५ किलोमिटर मध्ये हाल जितपुर र परवानीपुर क्षेत्रको ११ किलोटिकर क्षेत्रमा बाटो बिस्तारको काम तीब्र गतिमा भइरहेको छ । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग योजनाका इन्जिनियर अशोक यादवले निगमले सम्झौताविपरीत पाइप बिछ्याएकाले ढिलो चाँडो ठूलो दुर्घटना निम्तिने चेतावनी दिनुभयो ।

जति नै होसियारी अपनाए पनि दुई मिटर गहिराइसम्म उद्योगले फ्याकेको कालो छाई निकाल्दा पेट्रोलियम पाइप भेटिने गरेको र निगमले सम्झौता विपरित काम गर्दा समस्या भएको यादवले बताउनुभयो । सम्झौतामा पेट्रोलियम पाइपलाइन पथलैया–गण्डक सडकखण्डमा केन्द्रबिन्दुदेखि १५ देखि १६ मिटर पश्चिमतर्फ साढे दुई मिटर गहिराइमा पाइप राख्ने उल्लेख छ ।

सहमती कार्यान्वयन नगरेको र पटक–पटक सडक विभाग र ठेकदारले पाइपलाइनमा क्षति पु¥याएको भनि आरोप लगाएको भन्दै आयोजनाले गम्भीर ध्यानाकर्षण जनाएको छ । यसको समाधानको उपाय भनेको पाइप सार्नु नै भएको सडक बिस्तार आयोजनाले जनाएको छ ।

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

११ घन्टा अगाडि रेडियो नेपाल

हावाहुरीले झापामा केरा खेतीमा ठुलो क्षति

११ घन्टा अगाडि रोहित काफ्ले