तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार र कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त पक्राउ

बीरगंज । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि फरार रहेका छिपहरमाई गाउँपालिका ५ बस्ने ४५ वर्षिय दिनेश प्रसाद साह कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतको २०७२माघ १८ गतेको फैसला अनुसार उनलाई जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना १५ दिन कैदको सजाय तोकिएको र सोही समयदेखि फरार रहेका कानुलाई आफ्नै गाउँघरमा लुकीछिपि बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

यसैगरी कर्तव्य ज्यान मद्दामा फरार सखुवाप्रसौनी गाउपालिका ८ बस्ने दरौगा मिया धुनियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २०७६ जेष्ठ १४ गते १० वर्ष कैदको सजाय तोकिएको थियो ।

अदालतको फैसलासँगै फरार रहेका देवानलाई लुकिछिपी गाउँमा बसीरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारावाहीका लागी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

अदालतले दुवै जना अभियुक्तलाई कैद भुक्तानका लागि वीरगंज कारागार चलान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button