तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अङ्क वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ ।

नेप्सेको दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । आइतवार कूल १७३ कम्पनीहरुका २० लाख ८२ हजार ८७४ कित्ता शेयरहरु ७१ करोड २४ लाख २५ हजार मूल्यमा किनबेच भएका छन् । आइतवार स्टकमा कारोबार भएका १२ वटै समूहको शेयर कारोवार बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button