तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमकबाट १५ बालबालिकाको उद्धार

फाइल तस्बिर

झापा । प्रदेश १ सरकारले झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरेको छ । बिभिन्न कारणले घर छोडेर सडकमा जीवन बिताइरहेका बालबालिकालाई शिक्षा दिने र सीप सिकाउने उद्देश्यका साथ शुरु गरिएको अभियान अनुसार आइतबार ती बालबालिकाको उद्धार गरिएको प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभएको छ ।

दमकबाट प्रदेश सरकारले बिर्तामोडका १६ बर्षीय सबिना बिक, भद्रपुरकी १५ बर्षीय रुपा श्रेष्ठ, १६ वर्षीय भीम कट्टेल, ८ वर्षीय राज श्रेष्ठ, १८ वर्षीय सुरज श्रेष्ठ, १८ वर्षीय घनबहादुर श्रेष्ठ, १४ वर्षीय बिमल श्रेष्ठ र १७ वर्षीय सुरज श्रेष्ठ, दमकका १३ वर्षीय निराश प्रसाई, १८ वर्षीय राहुल तामाङ र नरेश खड्का, इलामका १८ वर्षीय विवेक तामाङ, कमलका १७ वर्षीय मञ्जित चौधरी र धनकुटाका १५ वर्षीय अश्विन परियारलाई उद्धार गरेको हो ।

बालबालिका खोजतलास केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा ती बालबालिकाको उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषद्का चित्र पौडेलले जानकारी दिनुभयो ।

अभिभावक बिहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने गरी प्रदेश सरकारले सडक बालबालिकारहित प्रदेश बनाउन उद्धार कार्य अघि बढाएको उहाँको भनाई छ । यसअघि धरानबाट ३५ जना सडक बालबालिकाको उद्धार गरिएको थियो ।

यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनीले आइबार दुई बालकको उद्धार गरेको छ । बिर्तामोड–१० सैनिकमोडबाट १७ वर्षीय सुनिल मुर्मू र ११ वर्षीय विज्ञान मुर्मूलाई गरिएको डिएसपी मोहन थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई इटहरीस्थित बालबालिका संरक्षण केन्द्र पठाइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button