तपाईँ सुन्दै हुनुहुन्छः

निर्धारित समयमै पुनर्निर्माणका बाँकी काम पुरा गर्न प्राधिकरणलाई समितीको निर्देशन 

काठमाडौँ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितीले निर्धारित समयमै पुनर्निर्माणका बांकी काम पुरा गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितीको आज सिंहदरबारमा बसेको बैठकले निर्धारित मापदण्ड र बिधिका आधारमा निर्धारित समयमै पुनर्निर्माणका बाँकी काम पुरा गर्न प्राधिकरणलाई निर्र्देशन दिएको हो ।

यसैगरी बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आएका गुनासाहरुको यथासिघ्र सम्बोधन गर्दै गुनासाहरुका समाधान गर्न पनि निर्देशन दिएको छ ।

यसअघि बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेट ब्यवस्थापनका आधारमा पुनर्निर्माणका काम तिव्ररुपमा अगाडी बढिरहको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणको सबै काम सम्पन्न गर्न नौ सय ३८ अर्ब आवश्यक रहेको र दाता सम्मेलनमा बिभिन्न देशहरुबाट भूकम्पपछिको पुनर्निर्माणका लागि चार सय १० अर्बको प्रतिबद्धता आएको भएपनि प्राप्त हुने रकम दुई सय ९४ अर्ब देखिएको जानकारी दिनुहुँदैै बजेट ब्यवस्थापनका आधारमा पुनर्निर्माणका काम समयमै सक्नेगरी प्राधिकरण लागिरहने स्पष्ट पार्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहराको पुनरनिर्माणको काम तिव्र रुपमा भईरहेको र रानीपोखरीलाई पुरानो मौलिकतालाई जोगाएर थप सुन्दरता हुने गरी काम भईरहको र आगामी बैशाख १२ गते त्यसको उद्घाटन गर्ने गरी काम अगाडी बढाईएको बताउनुभयो ।

यसअघि बैठकमा बोल्दै सांसदहरु खिमलाल भट्टराई, रामचन्द्र राई, रमेश प्रसाद यादव, सुरेन्द्रराज पाण्डे, कोमल ओलीलगायतले पुनर्निर्माणको काम सन्तोषजनक रहेको भएपनि निर्धारित समयमै पुनर्निर्माणका बाँकी काम पुरा गर्न प्राधिकरण लागिरहनुपर्ने बताउनुभयो ।

सांसदहरुले गोरखा दरबार, नुवाकोट दरबारलगायतका सम्पदाको पुनर्निर्माण गर्दा मौलिकता बिग्रन नदिने गरी काम गर्न र पर्यटकलाई आकर्षित गर्ने गरी केही सुधार गरेर भएपनि काम गर्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button