तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडा उपमहानगरपालिकाद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालालाई ३० लाख सहयोग

मकवानपुर । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आईतबार धुर्मुश सन्तुली फाउन्डेशनद्धारा निर्माणाधिन रंगशाला पुग्नुभएका मेयर हरिबहादुर महत रंगशाला निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

धुर्मुस–सुन्तलीको प्रयासमा अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसिएतमा सहयोग गर्न लागिएको मेयर महतले बताउनुभएको छ ।

उहाँले सबैलाई रंगशाला निर्माणमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो । चितवनको भरतपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण भईरहेको छ ।

मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ ।

स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाएर निर्माण भईरहेको रंगशालाको कुल तीन अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button