तपाईँ सुन्दै हुनुहुन्छः

गुठीको धर्मसंस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्छः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रुपमा आएपछि प्राधिकरण अगाडी बढाइएको बताउनुभयो । गुठीलाई राम्रो बनाउनका निम्ती मन्त्रलयले सरोकारवालाबीचमा छलफल गरेको भन्दै देशभर विभिन्न प्रकृतिको गुठी रहेकाले एकै विधिले सबै गुठीको समस्या एकै तरिकाले नहुने बताउनुभयो । ुदेशभर फरक(फरक प्रकृतिका गुठी छन् । एउटै विधिले सबै गुठीको समस्या समाधान हुन सक्दैनु, मन्त्री अर्यालले भन्नुभयो, गुठीको मर्म, भावनालाई संरक्षण गर्नका निम्ती तपाइहरूकै सुझावअनुसार प्राधिकरण अगाडी सारेका हौं ।

मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठी सम्बन्धी कानुन राम्रो बनाउन लागेको भन्दै मन्त्री अर्यालले त्यसमाथी आशंका नगर्न समेत आग्रह गर्नुभयो । धर्म, संस्कृती, प्रथा, परम्परासम्बन्धी गुठी, जग्गा सम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरक(फरक ढंगले हेरिनुपर्ने उहाँको भनाइ थियो ।

उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएको खबर आएको भन्दै मन्त्री अर्यालले त्यसको छानबीन गरिरहेको समेत बताउनुभयो । उपत्यकाका गुठीको संरक्षणसँगै अतिक्रमण भएका जग्गाको संरक्षण कसरी गर्ने भन्नेतर्फपनि ध्यान दिन आग्रह गर्नुभयो । देशभर १३९ विघा गुठीको जमिन अतिक्रमण भएको भन्दै उहाँले मन्त्रालय शुद्धता, संरक्षणको अभियानमा लागेको बताउनुभयो ।

यसैबीच कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाका नेवार समुदायसँग जोडिएको प्रथा, परम्परा, संस्कृतिसँग जोडिएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । संस्कृतीसँग जोडिएको गुठी र जग्गाको विशेषतालाई फरक(फरक ढंगले सम्बोधन गरिनुपर्ने उहाँको भनाइ थियो । ुनेवारको परम्परागत संस्कृती र जग्गाको प्रकृती फरक छ । उपत्यकालाई संस्कृतिसँग जोडेर हेरिनुपर्छु, मन्त्री मानन्धरले भन्नुभयो ।

कार्यक्रममा सहभागी गुठीसम्बन्धी सरोकारवालाहरूले छलफलका क्रममा काठमाडौं उपत्यकाका गुठीलाई अन्य गुठीभन्दा फरक ढंगले सम्बोधन गरिनुपर्ने, सवायत्तता दिनुपर्ने, गुठी संस्थान परिमार्जन गरिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बोल्दै गुठी विधेयक विरुद्धको संयुक्त संघर्ष समितिका संयोजक डा। महेशमान शाक्यले नेपालमण्डल र वरिपरिका आदिवासी नेवारको प्रचलित प्रथाजन्य संस्था गुठीलाई स्वायत्तता दिनुपर्ने, गुठीलाई छुट्टै समाधान गर्नुपर्ने बताउनुभयो । यस्तै ज्यापु महागुठी नेपालका अध्यक्ष राजभाई जकमीले उपत्यकाको गुठीको छुट्टै भावना रहेकाले त्यसलाई स्वायत्तता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय पहिचान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले गुठी सम्बन्धी कानुन आवश्यक रहेको र त्यससम्बन्धी कानुन बनाउन सहयोग गरिने बताउनुभयो । तर जसका निम्ती कानुन बनाउन लागेको हो ती समुदायको मर्म समेटिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button