तपाईँ सुन्दै हुनुहुन्छः

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट

अत्तरिया । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफीखेतीको विकास गर्नु आवश्यक छ । यसमा सरकारले सहयोग गर्छ ।”
गाउँपालिकाकाअन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरीब परिवारलाई कम्बल वितरण गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button