तपाईँ सुन्दै हुनुहुन्छः

भैरवस्थानका ११ प्रतिशत भुकम्प प्रभावितले मात्र लिए तेश्रो किस्ता

पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानमा २०७२ सालमा भुकम्पबाट क्षती भएका घरहरुको पुर्ननिर्माण र प्रवलिकरण मर्मत सम्बन्धि अन्र्तक्रिया गरेको छ ।

अन्र्तक्रियाको उद्देश्यमाथी प्रकाश पार्दै ईन्जिनियर जिवन पौडेलले वडा नं. ४ को १ सय ८ घर मध्ये ९४ घरका सेवाग्राहीले पहिलो किस्ता लिईसकेको, १४ जनाले दोश्रो किस्ता र १२ जनाले तेश्रो किस्ता र २३ जनाले पुर्ननिर्माणमा सम्झौता गर्न बाँकी नै रहेको बताउनुभयो । सम्झौता गर्न बाँकी रहेकाहरुले ५ दिनभित्रै सम्झौता गर्नुपर्ने छ ।

सेवाग्राहीहरुले भने बोलाएको समयमा प्राविधिक नआएको, स्टिमेट विना नै घर टालटुल गर्न बाध्य भएको गुनासो गरेका छन् । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले प्राविधिकको स्टिमेट विना बनाईएका घर सरकारी नियमानुसार नहुने भएकाले राज्यले दिने अनुदानमा कठिनाई हुने बताउनुभयो । खनालले सबै सेवाग्राहीलाई कालोसुचीमा नपर्न र ईमान्दारीताका साथ काम गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै वडाध्यक्ष दुर्गा प्रसाद खनालले घर पुर्ननिर्माण र प्रवलीकरण नगरिएको खण्डमा अनिवार्य रुपमा पहिलो किस्ता फिर्ता गर्नुपर्ने बताउनुभयो । ईन्जिनियर टिका बहादुर थापा, सुरेश गिरी, जिवन पौडेल, मनिषा पाण्डेय, सवईन्जिनियर कमल सुनार लगाएतले श्रव्यदृष्य माध्यम बाट सहभागीहरुलाई बलियो घर बनाउने विभिन्न तरिका बारे सिकाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button