तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियो पल्टिँदा एक जनाको ज्यान गयो, पाँच घाईते

सर्लाही । सर्लाहीमा स्कारपियो पल्टिँदा एक जनाको ज्यान गएको छ।

हरिपुर नगरपालिका – ६ लक्ष्मीपुरमा मंगलबार बिहान भारतीय नम्बरको स्कारपियो पल्टिँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। सदरमुकाम मलंगवाबाट नवलपुर आउँदै गरेको बिआर ०६ पिई डि ३६३७ नम्बरको स्कारपियोमा सवार भारतीय नागरिक अन्दाजी ४० वर्षका प्रमोद सदाको घटना स्थलमै ज्यान गएको हो।

सडकमा हिडदै गरेको राँगालाई जोगाउनु खोज्दा स्कारपियो पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका पाँच जनाको नमुना अस्पताल हरिवनमा उपचार भैरहेको छ।

मलंगवा नवलपुर सडक खण्ड कालोपत्रे भएपछि तिव्र गतिमा सवारी गुड्ने गरेको कारण दुर्घटना बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button