तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने

सुरेन्द्रमणि त्रिपाठी । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले यस वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले चालू आर्थिक वर्षमा प्रधानमंत्री रोजगार कार्यक्रम अन्तरगत ६० हजार बेरोजगारलाई एक सय दिनको रोजगारी दिईने र त्यसका लागि माघ १५ गतेभित्र स्थानीय तहहरुमा बजेट पठाईसक्ने गरी काम भईरहेको बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभर गरी एक लाख ८७ हजारले औसत १३ दिनको रोजगारी पाएका थिए ।

कार्यकम्रमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै श्रम मन्त्रालयका सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषमा हालसम्म १ लाख ३५ हजार भन्दा बढी सुचीकृत भईसकेका र प्रचारात्मक कार्यक्रम संचालन गरेर मन्त्रालय र मातहतका निकाय लागिरहेकाले यो संख्या क्रमश बढ्दै जाने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने गरी व्यवस्था गरिन लागेको पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button