तपाईँ सुन्दै हुनुहुन्छः

गत वर्षको तुलनामा ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन

पाँचथर । पाँचथर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ ।

गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो ।

गत वर्षमा ९३१ हेक्टरमा भएको सुन्तला खेती चालु आर्थिक वर्षमा ९४४ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

गत आवमा उत्पादनशील क्षेत्रफल ६६९ हेक्टर रहेकोमा यस आवमा ६९१ रहेको छ । त्यहाँका कृषकले सुन्तलासहित बारीमा अदुवा, कोदो, मकैलगायतका बालीबाट पनि राम्रो आम्दानी गर्दे आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button