तपाईँ सुन्दै हुनुहुन्छः

ब्याडमिन्टन खेलाडी दाहाल १४ औं स्थानमा

काठमाडौं । नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए ।

यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ३२ औं स्थानमा थिए । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button