तपाईँ सुन्दै हुनुहुन्छः

देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार मैनालीलाई

काठमाडौं । नित्य राज प्रज्ञा प्रतिष्ठानले यस वर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार गोपीनाथ मैनालीलाई प्रदान गरेको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर दिनेश राज पन्तले २०४० सालदेखि निरन्तर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार मैनालीलाई सम्मान गर्न पाउनु खुशीको कुरा भएको वताउनुभयो ।

नेपाल सरकारका सचिव समेत रहनुभएका साहित्यकार मैनालीका अवसाद अभिनयी र ‘अपेक्षा र अनुभूति’ निवन्ध संग्रह, आँखाभरी रमिता मनभरि वेदना नियात्रा, युग कवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण समालोचना, लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button