तपाईँ सुन्दै हुनुहुन्छः

यसबर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार साहित्यकार मैनालीलाई प्रदान

image.png

काठमाडौँ । नित्य राज प्रज्ञा प्रतिष्ठानले यस वर्षको महाकवि लक्ष्मी प्रसाद देवकोटा पुरस्कार एवम् सम्मान साहित्यकार गोपीनाथ मैनालीलाई प्रदान गरेको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ प्राध्यापम डाक्टर दिनेश राज पन्तले २०४० सालेखि निरन्तर साहित्य सिर्जना गर्दे आउनुभएका साहित्यकार मैनालीलाई सम्मान गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

नेपाल सरकारका सचिव समेत रहनुभएका साहित्यकार मैनालीका अवसाद अभिनयी, अपेक्षा र अनुभूति निवन्ध संग्रह आँखाभरी रमिता मनभरी बेदान नियात्रा, युग कवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण समालोचना लगायतका कृतिहरु प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button