तपाईँ सुन्दै हुनुहुन्छः

भारतिय रोजाईमा ‘फलको राजा, किवि’

दोलखा/ ‘फलको राजा’ भनेर हैन, केही आम्दानि हुन्छ की भनेर किवि खेती गरेका हुन् तामाकोसी गाँउपालिकाका दिलबहादुर कार्कीले । तर अहिले किवि, फलको राजानै रहेछ भन्ने कुरामा सहमत भएका छन् कार्की ।

दोलखा भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा आयोजना गरेको सप्ताहब्यापि किवि महोत्सवमा किविको स्टल सहित सहभागिता जनाएका तामाकोसी गाँउपालिका वडा नम्बर ७ हावाका किसान दिलबहादुर महोत्सवमा आएका मानिसले किवि फल प्रति देखाएको आर्कषणबाट किवि फलको राजा नै रहेछ भन्ने कुरामा सहमत भएका हुन् । कार्कीले महोत्सव अवधिमामात्र दुई लाख भन्दा बढीको किवि बिक्रि गरेका छन् ।

किवि फल प्रतिको आकर्षण नेपालीमा मात्र हैन भारतियहरुमा समेत देखिएको किवि जोन सञ्चालक समिति दोलखाको अध्यक्ष उषा थापाले बताउनु भयो । किवि महोत्सवमा भारतियहरुको समेत उत्साहजन सहभागिता रहेको र किवि फलप्रति उनीहरुको चासो निक्कै धेरै पाईएको अध्यक्ष उषाको भनाई छ ।

महोत्सव अवधिभरी झण्डै पाँच लाखको किवि बिक्रि गरेका ब्यवसायी चित्र दहाल किवि फलप्रति तराईका वासिन्दाहरुको विशेष आकर्षण देखिएको बताउनु हुन्छ । भारत तथा नेपालकै तराई क्षेत्रका सहभागिले किवि बढीमात्रामा खरीद गरेको व्यवसायी दहालले बताउनु भयो ।

जिल्लाको जिरी नगरपालिका र सात गाँउपालिकाको सहयोग तथा बिभिन्न संघ संस्थाको सक्रियतामा आयोजना गरिएको किवि महोत्सवमा झण्डै १० लाख बराबरको किवि बिक्रि भएको किवि जोन सञ्चालक समिति दोलखाका अध्यक्ष थापाले बताउनु भयो । महोत्सवमा राखिएको सुन्तला, अन्य कृषि उत्पादन र हस्तकलाका सामग्रीको बिक्रि समेत जोड्दा महोत्सवमा १७ लाख बराबरको कारोवार भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताउनु भयो ।

किवि महोत्सवमा भीमेश्वर नगरपालिकाको अलवा दोलखाको जिरी नगरपालिका तथा विगु, कालिञ्चोक, शैलुङ र तामाकोसी गाँउपालिकाबाट किवि ल्याईएको र मेलुङ गाँउपालिकाबाट सुन्तला ल्याईएको नगरप्रमुख केसीले बताउनु भयो ।

दोलखा जिल्ला २०४३ सालतिर नेपालमै पहिलो पटक किविको पहिचान तथा ब्यवसायीक उत्पादन सुरु भएको जिल्ला भएकोले यसको प्रवद्धनको लागि नगरपालिकाले किवि महोत्सवको आयोजना गरेको र किवि फल प्रति सहभागिले देखाएको चासोका कारण महोत्सव उदेश्यमा सफल रहेको नगरप्रमुख केसीले बताउनु भयो । नगरपालिकाले किवि फलको प्रवद्धनको लागि वडा नम्बर १, ६, ७, ८ र ९ मा ५० प्रतिशत अनुदानमा ५ हजार विरुवा समेत वितरण गरेको नगरप्रमुख केसीले बताउनु भयो ।

फलको राजा, किविको प्रवद्धनको लागि जिल्ला समन्वय समितिले पनि जिल्लाको नौ वटै स्थानिय तह र प्रदेश तथा संघिय सरकारसंग समेत समन्वय गरीरहेको समन्वय प्रमुख डबल पाण्डे बताउनु हुन्छ । भ्रमण बर्ष २०२० मा किवि अवलोकन र खरीदको लागि समेत धेरै पर्यटक दोलखा आउने अपेक्षा गरीएको समन्वय प्रमुख पाण्डेको भनाई छ ।

दोलखा जिल्लाबाट किवि फल चार करोड भन्दा बढीको बिक्रि वितरण हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाका बरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले बताउनु भयो ।
किवि फललाई तीन ग्रेडमा बिभाजन गरेको पाईन्छ । एक सय ग्राम भन्दा बढीको किवि ए ग्रेड, ७० ग्रामसम्मको किवि बि ग्रेड र ६० भन्दा कम ग्राम तौलको किवि सि ग्रेडमा बिभाजन गरिएको बरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनु भयो । दोलखामा मोन्टी, एलिसन, हेर्वाड लगायतका जातको किवि फल उत्पादन हुने गरेको खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button