तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानले गरे श्रीमतीको हत्या

भैरहवा । रुपन्देही जिल्लाको सियारी गाउँपालिकाका एक जना पुरुषले आफ्नै श्रीमतिको हत्या गरेको खुलेको छ ।

मृतकलाई उनका श्रीमान सनी कुमालले फलामको हेम्मरले टाउको, अनुहार, छाती पेटसमेतमा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रिले बताउनुभयो ।

यहि पुष २२ गते अन्दाजी ११ बजेको समयमा सियारी गाउँपालिका वार्ड नम्बर १ स्थित सुर्यबहादुर कुँवरको घरमा डेरा गरी बस्ने सियारी गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका ३२ वर्षिय सनी कुमालको श्रीमती बर्ष ३० की कान्छी सुवेदी आफ्नै डेरा कोठा भित्र अनुहार, टाउको समेतमा घाउचोट लागि मृत अवस्थामा रहेको सुचना पाउना साथ प्रहरी घटनास्थलमा पुगेको खत्रिले बताउनुभयो ।

प्रहरीको अनुसन्धान टोलीले मृतक कान्छी सुवेदी भन्ने चम्पा क्षेत्री कुमालको शवलाई पोष्टमार्टमको लागि भीम अस्पताल भैरहवा पठाएको छ ।

मृतकलाई निजकै श्रीमान् सनी कुमालले फलामको हेम्मरले टाउको, अनुहार, छाती पेट समेतमा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले सनी कुमाललाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रवक्ता तथा सुचना अधिकारी खडक बहादुर खत्रिले बताउनुभयो ।

मृतकका श्रीमान् सनी कुमाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रवक्ता खत्रिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button