तपाईँ सुन्दै हुनुहुन्छः

गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिदै

बीरगंज । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले आगामी माघ १८ गते देखि २५ गते सम्म गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा पर्सा जिल्लाका १५ भन्दा बढी फुटबल टिमहरुको सहभागिता रहने जनाईएको छ ।

प्रतियोगिताको विजेता टिमलाई २५ हजार, उप विजेतालाई १५ हजार र तृतिय हुनेले १० हजार नगद पुरस्कारसहित शिल्ड र कप प्रदान गरिने फाउण्डेशनका अध्यक्ष महम्मद शहाबुद्दिनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button