तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको पाचौँ अधिवेशन माघ ६ गतेका लागि आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले सुदूरपश्चिम प्रदेश सभाको पाचौँ अधिवेशन आगामी माघ ६ गते आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख पन्तले प्रदेश सभाको पाचौँ अधिवेशन आगामी माघ ६ गते दिउसो २ः०० बजे आह्वान गर्नुभएको हो ।

कार्यालयका निमित्त सचिव पुुष्कर खड्काले प्रदेश सभाको पाचाँै अधिवेशन आह्वान सम्बन्धीको पत्र आजै प्रदेश सभा सचिवालयमा पठाइएको जानकारी दिनुभयो ।

यस अघि पुस २१ गते बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको पाचौँ अधिवेशन आगामी ६ गते आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button