तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस असन्तुष्ट पक्षः जिल्ला सभापतिको भेला सम्पन्न

काठमाडौं । नेपाली काँग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको आज सम्पन्न भेलाले पार्टी भित्रका सबै विवाद छिट्टो टुङ्गो लगाउन पार्टी सभापतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म चलेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलाले पार्टीभित्र देखिएको विवादले तल्लो तहसम्म असर पार्ने भएकाले केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन माग गरिएको नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह के.सीले जानकारी दिनुभयो ।

नेता के.सीले यही पुस ११ गतेको केन्द्रीय कार्य समिति वैठकले पार्टी विभागहरुको संख्या बढाएको, महाधिवेशनको मिति तय गरेको विषय सच्याउनु पर्नेमा जिल्ला सभापतिहरुको जोड रहेकाले भोलि सभापति शेरबहादुर देउवालाई भेट गरी त्यस विषयमा जानकारी गराइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button