तपाईँ सुन्दै हुनुहुन्छः

इरानले दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स बोइङ कम्पनीलाई नदिने

काठमाडौं । इरानले दुर्घटनाग्रस्त यूक्रेनी हवाईजहाजबाट प्राप्त ब्ल्याक बक्स अमेरिका र उत्पादक बोइङ कम्पनीलाई नदिई आफै अनुसन्धान गर्ने अडान लिएको छ ।

इरानको राजधानी तेहेरान स्थित अन्तराष्ट्रिय विमानस्थलबाट उडेको केही समयमा भएको उक्त विमान दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको थियो ।

मारिनेहरुमा ८२ इरानी, ६३ क्यानेडीयन, ११ यूक्रेनी, १० स्विडेनी, ४ अफ्गानी, र ३ जर्मन नागरिक रहेको बताइएको छ ।
अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त रहेको बेला भएको उक्त दुर्घटनाको कारण एकिन भै नसकेपनि दुर्घटनाको कारण प्राविधिकनै हुनसक्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button