तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुका कारण मुलुकभर वर्षा र हिमपात,कस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौ । बुधबारदेखि भइरहेको वर्षा र हिमपात बिहीबार पनि जारी रहने भएको छ । पश्चिमी वायुका कारण मुलुकभर वर्षा र हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। यस्तै पश्चिमका केही स्थान र पूर्वका थोरै ठाउँमा अहिले पानी परिरहेको छ।
आज बिहीबार पनि मौसम खुल्ने संभावना नरहेको महाशाखाको भनाई छ । महाशाखाले देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यममदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेकाले, यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन सबैमा अनुरोध गरेको छ। शुक्रबारदेखि मात्र मौसममा सुधार आउने महाशाखाको भनाई छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २४ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

पुस २५ गते शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २६ गते शनिबार
दिउँसो :देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button