तपाईँ सुन्दै हुनुहुन्छः

सन्थाल समुुदायको सोरायपर्व शुुरु

विराटनगर । मुुख्यपर्वको रुपमा रहेको सन्थाल समुुदायको सोरायपर्व आजबाट शुुरु भएको छ । पर्वको अवसरमा सन्थालको गाउँ बस्तिमा आज बिहानदेखि रौनकता छाएको छ ।

नेपालीहरुको महान चाड बिजया दशमी जस्तै सन्थाल समुुदायले सोरायपर्व महत्वकासाथ मनाउने गर्दछन । मोरङ, सुुनसरी तथा झापा जिल्लामा बसोबास गर्ने सन्थाल समुुदायहरुले यो पर्व मनाउने गर्दछन ।

६ दिनसम्म मनाइने यो पर्वमा ठुुलावडासँग आर्शिवाद थाप्ने र राम्रा लुुगा र मिठो खाएर नाचगान गर्ने र पर्वको अवसरमा सन्थाल समुुदायको गाँउबस्तिमा मेला लाग्ने गर्दछ । आफ्नो भेषभुुषा र मान्यजनको आशिर्वाद थापेर मनाइने सोरायको आफ्नै ऐतिहासिक महत्व रहेको मोरङ जहदा गाउपालिका–७ का वडा अध्यक्ष भगवान बेसराले बताउनुुभयो ।

उहाँका अनुुसार पर्वको पहिलो दिन भगवानको थानमा गएर महादेव, दुुर्गामाता र खेतको पुुजा गरिन्छ । यसैगरी दोश्रोदिन घरको , तेश्रोदिन लक्ष्मिपुुजा र घरमा रहेको गाईको पुुजा गर्ने गरिन्छ । चौथो दिन जगंलका देवताको पुुजा गर्ने गर्दछन । पाँचौ दिन माछाको पुुजा गर्ने र छैठौं दिन समुुदायमा मिलेर शिकार खेल्ने गर्दछन ।

यो पर्वको पहिलो दिनलाई उम, दोश्रो दिनलाई दाका तेश्रो दिनलाई खुुन्टो, चौथो दिनलाई जाले, पाचौं दिनलाई हाकुुकट कम र छैठौं दिनलाई बिरसिन्दरा भन्ने गरिन्छ ।

पर्वमा घरको सरसफाई गर्ने र देउसी भैलो जस्तै यो समुुदाय पनि घरघरमा गएर नाँचगान गर्ने चलन रहेको छ । यो पर्वमा आफनो भेषभुुषामा तिन दिनसम्म नाचगान गर्ने चलन छ । खुुम्टो , जाली र हाकाकुुटकमका नाचहरु प्रर्दशन गरिन्छ ।

सन्थाल समुुदायले यो पर्व बाहेक होली सोराय, अदारा जितिया साथै दशैँ, तिहार तथा छैठ पर्वसमेत मनाउने गर्दछन ।

सोरायपर्वमा बिवाह भएका छोरीज्वाई समेत ससुुरालीमा आउने र बाहिर काम गर्न गएका परिवारसमेत यो पर्व मनाउन घर आउने गर्दछन ।

सन्थाल समुुदायको सोराय पर्वमा मोरङको जहदा गाउँपालिकाले गाउँपालिकामा आज बिहिबार सार्वजनिक बिदा घोषणा गरेको छ । सो गाउँपालिकामा सातहजार भन्दा बढि सन्थाल समुुदायको बसोबास रहेको छ ।

सन्थाल समुुदायको पर्वको सम्मान गर्दै बिदा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले वताउनुुभयो । बिगत दुुई वर्षदेखि सो गाउँपालिकाले सोरायपर्वको अवसरमा बिदा दिदँै आएको उहाँको भनाई छ । सबैजात जातीको धर्म सस्कृतिको जगेर्ना गर्न पनि सबै पर्वको उतिकै महत्व रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button